मिस नेपाल ९ शहरबाट छानिने



मिस नेपाल–२०२० को तयारी शुरू भएको छ। यसका लागि आवेदन खुला गरिएको छ। सोमबार खुला गरिएको मिस नेपालको आवेदन आगामी मार्च २७ गतेसम्म भर्न सकिने आयोजकले जानकारी गराएका छन्।
यस वर्षको मिस नेपाल–२०२० मे १५ मा चयन गरिनेछ। यसै वर्षबाट विजेताको पुरस्कार राशीसमेत बढाइएको आयोजक हिडन ट्रेजरले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलेनमा जानकारी गराइएको छ। आयोजकको अनुसार नयाँ मिस नेपालले त्रैमासिक भत्ता र पुरस्कारका रूपमा २ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछिन्।
नयाँ मिस नेपाल चयन गर्न देशको ९ शहर काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र विर्तामोडमा अडिसन गरिनेछ। १९ वर्षदेखि २६ वर्षसम्मका ५.४ इन्च उचाइ भएका अविवाहित युवतीले मिस नेपालमा प्रतिस्पर्धा गर्न सक्नेछन्।
यस वर्ष मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुपर नेसनल छानिनेछ।

प्रतिक्रिया दिनुहोस्