इजिप्टका पूर्वराष्ट्रपति मुवारकको निधन



कायरो,(एजेन्सी)
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको छ। उनलाई सन् २०११ मा सेनाले अपदस्थ गरेको थियो। अचानक इजिप्टमा सरकारविरुद्ध लोकप्रिय आन्दोलन हुनुअघि मुवारक तीन दशकसम्म सत्तामा रहेका थिए। उनीमाथि सरकारविरुद्ध भएको जनप्रदर्शनको क्रममा सयौं निर्दोष व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो।
त्यो अभियोगबाट अदालतले सफाइ दिएपछि उनी सन् २०१७ को मार्चमा रिहा भएका थिए। इजिप्टको सरकारी सञ्चारमाध्यमले उनको मृत्युको पुष्टि गरेको हो। त्यसअघि नै अल–वतन वेबसाइटले उनको एउटा सैनिक अपतालमा निधन भएको जनाएको थियो। गत जनवरी महिनाको उत्तरार्धमा शल्यक्रिया सफल भएपछि उनको नातिसँग बसेर खिचिएको तस्वीर सार्वजनिक भएको थियो।
गत शनिबार मात्र मुवारकका पुत्र अल्लाले पूर्वराष्ट्रपतिको आपत्कालीन सघन कक्षमा उपचार भइरहेको जानकारी पत्रकारहरूलाई दिएका थिए। सन् १९२८ मा जन्मेका मुवारक किशोर अवस्थामा वायुसेनाको सेवामा प्रवेश गरेका थिए। उनले सन् १९७३ को अरब –इजरायली युद्धमा महŒवपूर्ण भूमिका निभाएका थिए।
त्यसको एक दशकभन्दा कम समयमै राष्ट्रपति अनवर सादातको हत्यापछि उनी इजिप्टका राष्ट्रपति बनेका थिए। नले इजरायल– प्यालेस्टाइन शान्ति प्रक्रियामा पनि अहम् भूमिका खेलेका थिए। उनको शासनकालमा सैनिकको नममा अर्बौं अमेरिकी डलर अनुदान सहयोग भित्रिए पनि बेरोजगार, भ्रष्टाचार र गरिबी निरन्तर बढेको थियो।

प्रतिक्रिया दिनुहोस्