डीएभीका अध्यक्ष अनिल केडियालाई बेस्ट लिडरसिप अवार्ड



स्टार इन्डिया ग्रुपले डीएभी सुशील केडिया विश्व भारती माध्यमिक विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रियमैत्री सांगीतिक कार्यक्रम तथा स्टार इन्टरनेसनल एजुुकेसन अवार्ड–२०२० सम्पन्न गरेको छ। कार्यक्रममा भारतबाट आमन्त्रित ९ कलाकारलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ।
सो अवसरमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चन्दना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडेलाई भारत गौरव रत्न अवार्ड प्रदान गरिएको थियो। भारतीय दूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्टार इन्डिया ग्रुपका डाइरेक्टर सुनील कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रका रूपमा विश्व मानव कल्याण र भातृत्वका लागि अध्ययनको केन्द्र रहेको चर्चा गर्नुभएको थियो।
स्टार इन्डिया ग्रुपको सन् २०२० को इन्टरनेसनल एडुकेसनल अवार्ड यस वर्षसमेत डीएभी विद्यालयले हात पा¥यो। विद्यालयका अध्यक्ष अनिल केडियाले सोही ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल हुनुभएको छ। विद्यालयका प्राचार्य भुवनेश्वरी रावले बेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन्। यससँगै स्टार इन्डिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी विद्यालयले १२आंै पटक हात पार्न सफल भएको हो। कार्यक्रममा डीएभी प्राचार्य भुवनेश्वरी रावले भारत गौरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महŒवपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सो श्रेय सम्पूर्ण विद्यार्थी शिक्षक र अभिभावकलाई दिनुभयो।
कार्यक्रममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. वीरेन्द्र पाण्डे, नेपाल–भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डेलगायतको सहभागिता थियो। डीएभी विद्यालयका अध्यक्ष केडियाले भारत गौरव रत्न अवार्डबाट विभूषित कलाकारहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्