३२ वर्षमा सीटीईभीटी



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ३१ वर्ष पूरा गरी ३२ वर्षमा प्रवेश गरेको छ। आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्न स्थापित संस्थाले उत्कृष्ट सेवा दिएको जनाएको छ। सीपयुक्त नेपाल, समृद्ध जनताको दीर्घकालीन सोचसहित स्थापित परिषद्को शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो।
उहाँले सरकारले प्राविधिक शिक्षाको विकास गर्न शुरू गरेको बताउनुभयो। परिणामस्वरूप एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले अहिलेको अवस्थामा सीपलाई प्राविधिक शिक्षासँग जोड्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। कार्यक्रममा परिषद्का सदस्य–सचिव डा. पुष्परमण वाग्लेले देशको समुन्नत विकासका लागि प्राविधिक शिक्षा अपरिहार्य रहेको उललेख गर्नुभयो।
कार्यक्रममा परिषद्ले एक वर्षको उपलब्धि र आगामी दिनको चुनौती सार्वजनिक गरिएको थियो। सदस्य–सचिव डा. वाग्लेले सार्वजनिक गर्नुभएको उपलतिब्ध यस प्र्रकार छ:
 प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा समावेशी एवं समतामूलक पहुँच विस्तार, गुणस्तर सुधार, सान्दर्भिकता, दिगोपन, प्रशिक्षक कर्मचारीको क्षमता अभिवृद्धि र सुशासन कायम गर्ने दिशामा कार्यरत रहेको छ ।
 १४ वटा आंगिक शिक्षालय थप गरी ५९ पु¥याइएको छ। साझेदारी शिक्षालय १४ वटा थपी २० वटा पु¥याइएको, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा १ सय ३७ वटा थप गरी ५ सय ३४ पु¥याइएको छ। यसबाट विद्यार्थीको भर्ना क्षमतामा थप १२ हजार ८ सय ४८ वृद्धि गरी ७४ हजार ८ सय ६३ पु¥याइएको छ। थप ५३ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको संस्थागत पहुँच वृद्धि गरी कुल ३ सय ४५ स्थानीय तहमा पु¥याइएको छ ।
 छोटो अवधिका तालिम प्रदायक संस्थाहरू ५० वटा थप गरी १ हजार १ सय ३१ वटा बनाइएको छ। त्यस्तै गरी संस्थागत पहुँच पु¥याउन नसिकएका स्थानीय तहमा परिषद् प्रदेश कार्यालयमार्फत प्रदेश सरकारसँग समन्वय गरी स्थानीय तहको मागअनुसार छोटा अवधिका सीपमूलक तालिम सञ्चालन गरिएको छ।
 तालिमका सम्पूर्ण कार्यक्रम एउटै छानामुनिबाट प्रदान गर्ने उद्देश्यले हाल सञ्चालनमा रहेका आंगिक शिक्षालयहरूको स्तरोन्नति गरी हरेक प्रदेशमा एउटा नमुना बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न ७ वटा शिक्षालयलाई नमुना बहुप्राविधिक शिक्षालय घोषणा गरिएको छ। त्यस्तै सञ्चालनमा रहेका १८ वटा आंगिक शिक्षालयमा कार्यक्रम थप गरिएको छ।
 समावेशी तथा समतामूलक पहुँच विस्तारमा भर्ना क्षमतामा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ। जसले गर्दा करिब ७ हजार प्रशिक्षार्थीले निःशुल्करूपमा प्राविधिक एसएलसी र डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।
 विशेष छात्रवृत्तितर्फ दलित, मुस्लिम र पीछडिएको वर्गका युवा–युवतीलाई खाना, बस्न, पोशाक खर्च र यातायत खर्च प्रदान गरी डिप्लोमा तथा प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहमा हालसम्म ५ हजार ४ सय ३० जनालाई उपलब्ध गराइएकोमा चालू आवमा ५ सय ६० जनालाई यो सुविधा उपलब्ध गराउने कार्यक्रम रहेको छ।
 आर्थिक वर्ष २०७५/०७६ मा प्राविधिक एसएलसीतर्फ १ हजार ५ सय ८९ र डिप्लोमा तथा प्रमाणपत्र तहमा १४ हजार १ सय २७ गरी हालसम्म प्राविधिक एलएलसीतर्फ २ लाख १६ हजार, ३ सय १४ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ७३ हजार २ सय १३ गरी जम्मा २ लाख ८९ हजार ५ सय २७ जनाले प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
 श्रम बजारको मागअनुसारका पाठ्यक्रम निर्माण तथा परिमार्जन गरिरहेको छ। आव २०७५÷०७६ मा डिप्लोमा कार्यक्रमतर्फ ३ वटा प्राविधिक एसएलसीतर्फ ३ वटा र छोटो अवधिका सीपमूलक तालिमका लागि १४ वटा पाठ्यक्रम निर्माण गरिएको छ । डिप्लोमा तथा प्रमाणपत्रतर्फ ३ वटा पाठ्यक्रमको परिमार्जन गरिएको छ। हालसम्म डिप्लोमातर्फ ४८, प्राविधिक एसएलसी (औद्योगिक प्रशिक्षार्थीसहित) तर्फ २८ र छोटो अवधिका सीपमूलक तालिम (पेसागत, कामदारको सीप अभिवृद्धि र उद्योगमा आधारितसहित) तर्फ २ सय २ पाठ्यक्रम तयार भएका छन्।
 तालिमका कार्यक्रमलाई थप सान्दर्भिक बनाउन वन क्षेत्रमा अध्ययन गर्ने प्रशिक्षार्थीलाई प्रयोगात्मक अभ्यास गर्न, गराउन परिषद् कार्यालय र वन तथा वातावरण मन्त्रालयबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। परीक्षार्थीलाई प्रयोगात्मक अभ्यास गराउने, जनशक्तिको प्रक्षेपण, उत्पादन तथा रोजगारीको क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निजी क्षेत्रमा रहेका उद्योग व्यावसायीको प्रतिनिधिमूलक संस्थाहरू होटल एसोसियसन नेपाल (हान) घरेलु तथा साना उद्योग महासंघ र विराटनगर उद्योग संघसँग परिषद् कार्यालय र सम्बन्धित पेसागत संघ र महासंघ बीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
 आव २०७५/२०७६ मा सीप परीक्षणका लागि ५ वटा थप सीप प्रमाणिका तयार गरिएको छ। यस अवधिमा ३६ हजार ६ सय ४९ जना सीप प्रमाणीकृत भएका छन्। हालसम्म सीप परीक्षणका लागि २४ वटा विषय र क्षेत्रमा २ सय ९६ सीप प्रमाणीकरण तयार भएका छन्। सीप प्रमाणीकृत हुनेको संख्या ३ लाख, ८३ हजार ५ सय ७० रहेको छ।
 स्थानीय तहको मागअनुसार प्रदेश कार्यालयमार्फत ४० हजार ८ सय १८ लाई छोटो अवधिको सीपमूलक तालिम प्रदान गरेर सीप प्रमाणीकरणसमेत गरिएको छ। त्यस्तै इनस्योर परियोजनामार्फत औद्योगिक प्रशिक्षार्थीतर्फ १ हजार १ सय ६६ जनाले उद्योगमा पारिश्रमिकसहित सीप सिक्दै रहेको अवस्था छ। अन द जब ट्रेनिङ (ओजेटी) सहितको तालिमबाट ३ हजार ५ सय १० जनाले तालिमको अवसर पाएका छन्।
 परिषद् सेवामा रहेका प्रशिक्षक, कर्मचारी एवं व्यवस्थापकको साथै देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न प्राविधिक प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा २ हजार ६ सय ७१ जनालाई ६ हजार ४ सय ८१ व्यक्ति हप्ता तालिम प्रदान
गरेको छ।
 सन् २०१४/२०१८ को रणनैतिक योजनाको समीक्षा गर्दै आगामी ५ वर्षे रणनीति योजना २०२०÷२०२४ तयार गरेको छ। जसमा सीपयुक्त जनता, समृद्ध नेपाल को ध्येय तयार गरी यसअनुसार उद्देश्य र लक्ष्यहरू निर्धारण गरेको रणनैतिक योजना तयार गर्ने काम सम्पन्न भएको छ।
 प्रदेश तहबाट सम्पादन गर्नुपर्ने कार्यलाई सम्पन्न गर्न सातवटै प्रदेशमा प्रदेश कार्यालयहरूको स्थापना भएका छन्। प्रदेश कार्यालयबाट छोटो अवधिको सीपमूलक तालिम, परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण, सामुदायिक विद्यालयहरूलाई अनुदान, नयाँ पोलिटेक्निक इन्स्टिच्युटहरूको जग्गा प्राप्ति, ड्रइङ भवन निर्माण डिजाइन तथा कार्यक्रमको सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकन, कार्यक्रमहको विस्तारका लागि आवश्यकता पहिचान तथा उपलब्ध स्रोतको अध्ययन, अनुसन्धान र तालिम सम्पन्न गरेको छ।
 परिषद्बाट प्रदान गरिने सेवाहरूलाई छिटो–छरितो, पारदर्शीका साथै कम लागतमा सम्पन्न गर्न परीक्षा, सीप परीक्षण र पदपूर्तिलगायतका कामहरूमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै विद्यार्थीलगायत सेवाग्राहीलाई अनलाइनमार्फत आवेदन फाराम भर्ने कामहरूको शुरुआत गरिएको छ।
 परीक्षा प्रणालीमा सक्षमतामा आधारित मूल्यांकन विधि र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमका कार्यक्रमलाई उपयोगिताको आधारमा थप विस्तार गर्ने उद्देश्यले स्किल म्यापिङ गर्न कार्यदल गठन
गरिएको छ।
 प्रशिक्षार्थीलाई प्रशिक्षणको क्रममा नै उत्पादनशील कार्यमा संलग्न गराई प्रयोगात्मक अभ्यासको क्रममा उत्पादन भएका वस्तु तथा सेवालाई बिक्री–वितरण गरी आय–आर्जन गर्ने व्यवस्थाका लागि सिक–कमाउ र तिरको अवधारणा शुरू गरेको छ।
चुनौती
 नयाँ पोलिटेक्निकको स्थापनका लागि पर्याप्त जग्गा प्राप्ति
 शैक्षिक संस्थाको पूर्वाधार विकास, उपयुक्त शैक्षिक उपकरण तथा सामग्रीको व्यवस्थापन
 तालिमप्राप्त प्रशिक्षकको व्यवस्थापन
 पुरानो प्रविधिको सट्टामा नयाँ प्रविधिको प्रयोग
 न्यून जनशक्ति, भएका जनशक्तिको क्षमता विकास,
 केही कानुनी अन्योलता (हाल सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरूको निरन्तरता) रहेका छन्।
पाँच कर्मचारी पुरस्कृत
परिषद्ले एक सर्वोत्कृष्टसहित पाँच उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ। ५० हजार धनराशीको सर्वोत्कृष्ट पुरस्कारबाट गौर नर्सिङ इन्स्टिच्युटका शिक्षालय प्रमुख सीताकुमारी घर्ती मगरलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा अन्य पुरस्कृत हुनेमा परिषद् कार्यालयका प्रशासकीय अधिकृत बद्रीप्रसाद दाहाल, परिषद्को बाग्मती प्रदेश कार्यालयका कुक प्रशिक्षण सहायक सुनील गिरी, जिरी प्राविधिक शिक्षालयका कृषि सहायक प्रशिक्षक खरबहादुर जिरेल, राप्ती प्राविधिक शिक्षालयका कार्यालय सहयोगी रामप्रसाद चौधरी छन्।

प्रतिक्रिया दिनुहोस्