इरानका उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाको सङ्क्रमण भएको पुष्टि



न्युज अफ नेपाल,काठमाडौँ ।

इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।मन्त्रालयका एक अधिकारीका अनुसार उनलाई आज  कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो समय इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

हालसम्म इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्