राईनो कपमा आर्मी र पुलिस फाईनल भिड्ने



घनश्याम बगाले,नवलपरासी।

पुर्वी नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितको पाचौं सस्करणमा नेपाल पुलिस क्लव फाईनल प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लवले च्यासल युथ क्लवलाई दुई सुन्य गोलले पराजित गर्दै फाईनलमा पुगेको हो ।

पुलिसका ९९ नम्वर जर्सीधारी खेलाडी बुद्धबल तामाड.ग एक्लैले खेलको आठौं र तेत्तिसौं मिनटमा दुई गोल गरेका थिए । बुधबार पुलिस र आर्मी क्लव वीच फाईनल खेल हुने भएको छ ।

स्थानीय नन्द भाउजु उपभोक्ता समितिको संरक्षण र राईनो क्लव संचालक रहेको राईनो कपमा विभागीय टिम सहित १० समूहको सहभागिता रहेको छ ।

विश्वमै दूर्लभ मानिएको एक सिंगे गैंडा संरक्षणमा खेलका माध्यमले जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यका साथ विगत १६ वर्ष देखि कोल्हुवामा यस खेलको आयोजना हुदै आएको छ ।

यस वर्ष राजधानीका अतिरिक्त तराई क्षेत्रकै सर्वाधिक १० लाख रुपैया राशीको राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता यही फागुन ५ गतेबाट संचालन भएको हो ।

बुधबार २ बजे सुरुहुने फाईनल खेलको प्रतिस्पर्धासंगै बिजयी टिम तथा उत्कृष्ठ खेलाडीहरुलाई नगद, शिल्ड तथा पदक द्धारा सम्मानित गर्दै प्रतियोगिता समापन गरिने आयोजक राईनो क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्