मगर दिवसमा सार्वजनिक विदा



न्युज अफ नेपाल,पाल्पा।

पाल्पा जिल्ला नै देशमा मगरहरुको वाहुल्य भएको जिल्ला हो । यहाका ५० प्रतिशत भन्दा वढी जनसंख्या मगर समुदायको छ । अझ जिल्लाका केही स्थानीय तह पनि छन जहा अधिकांश मगर समुदायका मानिसहरु वसोवास गर्दछन । यही भएर जिल्लाका १० वटा स्थानीय तह मध्येका आधा स्थानीय तहले यहि आउदो फागुन १५ गते विहीवारका दिन मगर दिवसको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेका छन ।

जिल्लाको निस्दी गाउपालिका, पूर्वखोला गाउपालिका,रामपुर नगरपालिका, वगनासकाली गाउपालिका र तिनाउ गाउपालिकाले ३८ औं मगर दिवसको अवसर पारेर गाउपालिका र नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।
निस्दी गाउपालिका अध्यक्ष मुक्त वहादुर सारुका अनुसार सो गाउपालिका भित्र ८७ प्रतिशत मगरको जनसंख्या छ । गाउपालिकाले सो अवसरमा मित्यालको झ्याल्टुङ्क खेल मैदानमा प्रत्येक वडामा विभिन्न वडाका झाँकीहरु समेत प्रस्तुत गर्ने र अन्य कार्यक्रमहरु समेत आयोजना गर्नै गाउपालिकाका प्रवक्ता मेखवहादुर सुनारीले जानकारी दिनुभयो ।

त्यस्तै वगनासकाली गाउपालिका अध्यक्ष कृष्णप्रसाद वस्यावले गाउपालिकाको वैठकले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको वताउनु भयो । त्यसैगरी रामपुर नगरपालिकाका अध्यक्ष रमणवहादुर थापा, तिनाउ गाउपालिका अध्यक्ष ओमवहादुर घर्तिले पनि सो दिन गाउपालिका भित्र सार्वजनिक विदा दिने र विभिन्न कार्यक्रमका साथ मगर दिवस मनाउने निर्णय भएको वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्