दुबै मृगौला फेल भएकी सीमाको परिवारद्वारा सहयोग अपील



कृष्णउदास खनाल,वीरगन्ज ।

रौटहटको चन्द्रनिहागाहापुरकी सीमा चौधरी भर्खर २२ बर्षकी भईन् । उनले धेरै सपना सजाएकी छिन् । उनले धेरै पढेर बुवा र भाइ बहनीहरुको सेवा गर्ने लक्ष्य लिएकी थिइन् तर उनी अहिले आफै थला परेकी छिन् ।

बिगत ६ महिनादेखि रीमाको दुबै मृगौला बिग्रिएपछि सीमाको सबै सपना चक्काचुर भएको छ । उनले लेखेका सबै सपना तासको घर जस्तो भएका छन् । अहिले रीमा जीवनसँग हार खाएर वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत छन् ।

उनलाई उनका बुवा ललित किशोरले साथ दिएका छन् तर ललितकिशोरका पनि आफ्ना ब्यथा छन् ।छोरीको उपचारका लागि उनी भौंतारी रहेका छन् । एउटा ट्रकका चालक उनी छोरी जीवनको अन्तिम अवस्थामा पुगेको भन्ने खबरले बेचैन छन् ।

जम्मा दश धूर जग्गा थियो,उनीहरुको । छोरीका उपचारका लागि त्यो सकेका छन् । अब उपचार गराउने बाटो नै बन्द भएको बुवा ललित किशोरले बताए । उनले अब छोरीको उपचारका लागि खर्च नै नभएको गुनासो गरे । चितवनदेखि काठमाडौंसम्म उपचारका लागि छोरी लिएर भौंतारिएका ललितकिशोर अझै सहयोगको आशमा रहेका छन् ।

पैसा जुटाएर छोरीको मृगौला फेर्न पाए आफ्नो प्राण सजिलोसँग जाने उनी बताउछन् । चितवन अस्पितल,काठमाडौंको सुमेरु अस्पताल लगायतका स्थानमा रीमाको उपचार गराइएको थियो तर त्यहाँ उपचार संभव नभएपिछ नेशनल मेडिकल कलेजमा भर्ना गराइएको हो ।

कलेजले निःशुल्क डाइलासिसको ब्यवस्था गरेको भएपिन अन्य खर्च भने आफूले ब्यहोरेको उनी बताउछन् । पीडित परिवारले दुबै मृगौला फेल भएकी सीमा कुमारी चौधरीलाई सहयोग गरिदिन र यसका लागि प्रभु बैंकको खाता नम्बर १५४०१३००९५७२८२०००००१ रकम संकलन गरिदिन र अथवा सीमा कुमारी चौधरी ९८२११९७५२६को मोवाइलमा सम्पर्क गरिदिन अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्