ब्लाकमेलिङका कारण मोरङकी एक युवतीले गरिन् आत्महत्या



सरोज यादव, विराटनगर । 

सामाजिक सञ्जाल फेसबुकबाट भएको ब्लाकमेलिङका कारण मोरङको सुन्दरहरैँचाकी एक युवतिले आत्महत्या गरेकी छन् ।

८ गते दिउँसो सुन्दरहरैँचा ५ गौशलास्थित भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने गुरुप्रसाद अधिकारीकी १९ वर्षीय श्रीमती प्रिती तिमल्सिना अधिकारीले आफ्नै कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन । घटनास्थलमा सुसाईड नोट र मृतकले प्रयोग गर्ने मोवाइल फोन बरामद भएको थियो ।

रिषी र ड्याज्लिङ क्वीन नाम गरेको फेसबुक आईडी प्रयोग गर्ने दीपा नाम गरेकी केटीले फोटो पोष्ट गरिदिने भन्दै ब्लाक मेल गरी पटक पटक पैसा असुल गरेको खुलेको छ । हरेक दिनझै उक्त दिन पनि पैसाको माग आएपछि आफूले आत्महत्या गर्नुपरेको प्रितीले सुसाइड नोटमा लेखेको प्रहरीले जनाएको छ ।

दीपा नाम गरेको उक्त नक्कली फेसबुक आईडी रिषी भन्ने रिषीराम भटट्राईको रहेको अनुसन्धानमा खुलेको छ । रिषीले बल्याकमेलको पैसा लिन सुन्दरहरैँचा ६ बस्ने १९ वर्षकी सन्जिता निरौलालाई पठाएका थिए ।

घटनामा उनीहरु दुवै जनाको संलग्नता देखिएपछि म्याद थप गरी अनुसन्धान अघि बढाइको जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्