स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई पक्राउ



न्युज अफ नेपाल, रौतहट ।

ससस्त्र प्रहरीले दुई जना लाइ स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

स्रोत नखुलेको १९ लाख १ हजार १ सय ५० रुपैया सहित कटहरिया नगरपालिका–६ बगही निबासी २० बर्षिय नवल किशोर साह र भारतको सितामढि जिल्ला बैरगनीया–१४ निबासी २३ बर्षिय सन्नी कुमार पक्राउ परेका छन । ससस्त्र प्रहरीको टोलिले भारत बाट नेपालको रौतहट आउदै गरेको बी आर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा सबार उनीहरु लाई ससस्त्र प्रहरीले चेकजाँच गर्दा उक्त रकम सहित पक्राउ गरिएको ससस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड क्वाटर रौतहटले जनाएको छ ।

रौतहटको राजदेबी नगरपालिका–८ लक्ष्मिपुर स्थित ससस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछवाको ससस्त्र प्रहरी टोलिले उनीहरु लाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको सो मोटरसाँईकल, ३ वटा मोबाईल सेट सहित बरामद गरिएको ससस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजीतले जानकारी दिनु भयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि ससस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्