६४ हजार नगदसहित ५ जुवाडे पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चित्लाङस्थित एक घरमा जुवा वखेलिरहेको अवस्थामा प्रहरीले सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट ६४ हजार ७ सय रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्