प्रअले नै बुझाए महिनौदेखि विद्यालय नआएका शिक्षकको नक्कली निवेदन



सुभेन्द्र दास, लहान

सिरहाको मिर्चैया ३ स्थित रहेको आधारभूत विद्यालय राघोपुरमा शिक्षकको लापरवाहीका कारण विद्यार्थीले पठनपाठन छोड्न थालेका छन् । कक्षा ८ सम्म संचालन रहेको सो विद्यालयका प्रअ देवेन्द्र यादवलगायत शिक्षकले नियमिति कक्षा सञ्चालन नगर्दा विद्यार्थीहरु विद्यालय आउँन छाडेका छन् ।

एक सय ८६ विद्यार्थीको नाम रजिष्टरमा रहेको छ । जसमा फागुन १२ गते स्थानीय अगुवाहरु निरिक्षण गर्न जाँदा ४०(४५ विद्यार्थी विद्यालयमा उपस्थिति थिए । यति मात्र नभएर १ सय ३० जना विद्यार्थीहरूको लागि आउँने गरेको खाजाको पैसामा समेत अनियमिता गर्दै आएको देखिएकाे छ । १५ रुपैयाँको दरमा आउँने गरेको खाजाको रकममा १० रुपैयाँको खर्च गर्ने गरेको खुलासा भएको छ । १० रुपैयाँमा पुग्ने गरी विस्कुट तथा मुरही दिएर विद्यार्थीहरुलाई ठग्दै आएको स्थानीयको गुनासो छ ।

विद्यालयमा नियमित शिक्षक उपस्थितिवारे प्रअ देवेन्द्र यादवले भने ‘दिपेन्द्र यादव विदामा गएको छ ।’ टेलिफोन सम्पर्कमा प्रअसँग कुरा गर्दा त्यतिबेला प्रअ देवेन्द्र यादव स्वंम विद्यालयमा उपस्थिति थिएन । उनले भने ‘म विद्यालय पुगेर दिपेन्द्र यादवले दिएको निवेदनवारे भन्छु ।’ ‘उनी विदामा बसेका छन् ।’ उता, दिपेन्द्र यादवले दिएको निवेदनको विद्यालयमा दर्ता चलानी कहिँकतै छैन ।

एक स्रोतका अनुसार प्रअ आफैले किर्ते हस्ताक्षर गरेर दिपेन्द्र यादवको नाममा निवेदन लेखेर विद्यालय पुगेका थिए । शिक्षक दिपेन्द्र यादवले हाजिरी रजिष्टरमा गरेको हस्ताक्षर र निवेदनमा गरिएको हस्ताक्षरमा धेरै नै फरक छ ।

शिक्षक दिपेन्द्र यादवकाे माघ १२ गतेदेखि विद्यालयमा अनुपस्थिति छ भने सोही मितिमा नक्कली निवेदन लेखिएर विद्यालयमा पेश गरिएको छ । निवेदनमा सात दिनको विदा मागिएकाे छ । तर, शिक्षक दिपेन्द्र यादव एक महिनादेखि विद्यालय पुगेका छैन ।

प्रतिक्रिया दिनुहोस्