नेविसंघ र प्रहरी बीच झडप



न्युज अफ नेपाल, पोखरा ।

पोखराको पिएन क्याम्पसमा नेविसंघ र प्रहरी बिच झडप भएको छ । झडपमा परि नेविसंघ विधार्थी सुजन लामिछाने घाइते भएका छन ।

आज देखी चरणबद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछी झडप भएको हो । नेविसंघले क्याम्पस प्रशासनमा ताला समेत लगाएको छ ।

गएको बिहीबार अनेरास्ववियु र नेविसंघबीच पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा हानाहान हुँदा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भीर घाइते भएका थिए ।

घाईतेद्वयको उजुरीको आधारमा प्रहरीले नेविसंघ सभापतिका उम्मेद्वार रेशम हमाल (राजेश)लाई सोमबार बिहान पक्रेको थियो ।

हमाललाई पक्रेको विरोधमा नेविसंघले गण्डकी प्रदेश सभाअघि आधि घण्टा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेको थियो । यस्तै, चिप्लेढुंगाअघि पनि नेविसंघका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । टायर बालेर चक्काजाम गर्ने दुई जनालाई प्रहरीले चिप्लेढुंगाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई अहिले छाडिसकेको छ ।

बिहीबारको पिएन क्याम्पस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेवि संघ कास्कीका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्