सुनौला हजार दिनका आमालाई झण्डा र अण्डा



बासुदेव शर्मा, जाजरकोट ।

नलगाड नगरपालिकाले गर्भवती महिलाहरुको घरमा झण्डा र अण्डा दिएको छ । स्वास्थ्य संस्थामा गर्भवति जाँच, स्वास्थ्य संंस्थामै प्रसुति हुन आउने गर्भवती महिलाहरुलाई अण्डाको लागी कुखुरा वितरण गरेको छ । गर्भवती महिलालाई सुरक्षित राख्नको लागी यो अभियानको संचालन गरेको छ ।

चालु आर्थिक बर्षबाट संचालन गरेको अभियानले गर्भवती महिला तथा सुनौलो हजार दिनका आमा र वच्चालाई सुरक्षित राख्नको लागी कार्यक्रम संचालन गरेको हो ।

सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा सुधार गर्न सुनौला हजार दिनका आमा र बच्चाहरुको अकालमा मृत्यु तथा पेटमा भएको सन्तान र आमालाई कुपोषण नहोस जन्मिने बच्चा फुर्तिलो होस भन्ने उद्धेश्यले अण्डको लागी कुखुरा वितरण गरेको हो ।

नगलड नगरपालिकाको पशुपंन्छि विकास शाखाले एक वडामा ३५ जना महिलालाई अण्डाको लागी दुईवटा कुखुरा वितरण गरेको छ । स्थानिय स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने महिलालाई रिपोटका आधारमा पोषण सुधारको लागी नगर कार्यपालिकाको निणर्य अनुसार कुखुरा वितरणको कार्यक्रम गरेको शाखाका प्रमुख भेष जंग शाहले वताउनु भयो ।

भौगोलिक विकटताले भरिएको जाजरकोट स्वास्थ्य संस्थामा महिलाहरु गर्भ चेक जाँच गर्न नआउने आएपनि खुलेर आफना कुरा राख्न नसक्ने लजाउने हुदाँ पोषणलाई सुधार गर्न कार्यक्रम संचालन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले वताउनु भयो ।

पशुपंन्छि विकास शाखाले वितरण गरेका कुखुरा वडामा ३५ जना मात्र गर्भवती महिला भनेर के को आधारमा वितरण गरिएको हो, ३५ जना मात्र गर्भवती महिला नभएको गुनासो सार्वजनिक सुनुवाईमा नागरिकहरुले राखेका थिए ।

स्वास्थ्य संस्थाको गर्भवती जाँच गर्न आउने महिलाको संख्याको आधारमा वितरण गरेको वताउदै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा जाँच गर्न स्वास्थ्य सुरक्षित राख्न, सेवा सुविधा उपलव्ध गर्न निमित्त प्रमुख प्रशासकिय अधिकृत सिहले आग्रह गर्नु भयो ।

सुनौला हजार दिनका आमा र वच्चाको खानपानलाई सुधार गर्न अकालमा मृत्यु नहोस भन्ने उद्धेश्यले कार्यक्रम गरिएको हो । पशु पंन्छि विकास शाखाबाट वितरण गरिएका कुखुराहरु सवै सुनौला हजार दिनका आमालाई नपुगेको भएको भए स्वास्थ्य शाखाबाट अण्डाको लागी कुखुरा वितरण कार्यक्रम रहेकोले तत्काल उपलव्ध गराउने भएको छ ।

सुनौला हजार दिनका आमा र वच्चाहरुको स्वास्थ्य अवस्थालाई सुधार गरी पोषण युक्त वनाउन तेल, घिउ,लगाएतका सामाग्री वितरण गर्ने भएको छ । गर्भवती महिलाको खानपान सुधार गर्नको लागी यो अभियान संचालन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले वताउनु भयो ।

सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुधार ल्याउन कृषि विकास शाखाले तरकारी कम्पोजिट प्याकेट, स्थानिय स्तरमा पाईने गर्भवती महिलाको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुरयाउने ज्वानो, मेथि लगाएत कृषि सामाग्री वितरण गरी सुनौला हजार दिनका आमाको स्वास्थ्यमा सुधार ल्याउन कार्यक्रम संचालन गरिने कृषि शाखा प्रमुख बालकृष्ण आचार्यले वताउनु भयो ।

नगर प्रमुख टेक बहादुर रावलले नगरपालिकाबाट वितरण गरिने वस्तुहरु सुनौला हजार दिनका आमा र वच्चाहरुको स्वास्थ्य सुधारको लागी ल्याएकोले यि वस्तुहरुलाई वढाउदै लिन आग्रह गर्नु भयो ।

नगरपालिका भित्रका नागरिकहरुलाई स्वास्थ राख्न गरेको प्रयासलाई सफल वनाउन स्थानियहरुलाई आग्रह गर्नु भयो । समृद्धी खोज्ने आधार स्थानिय स्तरबाटै सम्भव भएकोले स्थायिन सरकारले संचालन गरेका कार्यक्रममा लाग्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्