महाथिरद्वारा राजीनामा



क्लालालम्पुर, (एजेन्सी)

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आप्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले ट्विटको माध्यमबाट आप्mनो राजीनामाको घोषणा गर्नुभएको हो।

९४ वर्षका महाथिर मोहम्मद विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रूपमा चिनिनुहुन्थ्यो। मलेसियाली प्रधाानमन्त्री कार्यालयका तर्फबाट जारी विज्ञप्तिमा राजनीतिक प्रतिद्वन्द्वीहरूबाट सरकार गिराउने प्रयास भइरहेकोेले प्रधानमन्त्रीले आप्नो राजीनामा नरेशलाई बुझाउनुभएको उल्लेख छ।

महाथिर सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाको प्रधानमन्त्री हुनुभएको थियो। त्यसपछि, सन् २०१८ मा उहाँँले नजीब रज्जाकलाई हराएर पुनः सत्तामा फर्कनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्