सरोगेसीबाट आमा बनिन् शिल्पा



बलिउड अभिनेत्री शिल्पा शेट्ठी ४२ वर्षको उमेरमा दोस्रो सन्तानकी आमा भएकी छिन्। उनी सरोगेसीको माध्यमबाट छोरीको आमा बनेकी हुन्।

केही दिनअघि शिल्पा र उनका पति राज कुन्द्रले आफूलाई दोस्रो सन्तान लाभ भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। उनीहरूले आफ्नो दोस्री छोरीको नाम समिशा शेट्ठी कुन्द्रा राखेका छन्।

शिल्पाले कामको व्यस्तताका कारण दोस्रो सन्तान सरोगेसीको माध्यमबाट अपनाउनुपरेको बताएकी छिन्। सन २००९ मा विवाह बन्धनमा बाँधिएका शिल्पा र राज यसअघि नै एक छोरीको अभिभावक बनिसकेका थिए।

भारतीय कानुनमा कोख भाडामा लिएर सन्तान जन्माउन पाइने भएका कारण यस माध्यमबाट हालसम्म शाहरूख खान तथा गौरी खानका दम्पत्तिलगायत अन्य केही सेलीब्रेटीसमेत सन्तानका धनी बनिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्