धूलोमा दीपाशाको झट्का



मजदुरको कथामा निर्मित फिल्म धुलोको आइटम सङ्ग सार्वजनिक गरिएको छ।

ट्रेलरपछि फिल्ममा संगृहित चार सय चालिसको बिजुली बोलको आइटम गीत सार्वजनिक गरिएको हो।

राजधानीको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको फिल्मको सो आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका छन्। केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ।

नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेरापर्सनका रूपमा कार्यरत प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको धूलो आगामी शुक्रबार अल नेपाल रिलिजमा आउँदै छ। गीतमा बुद्धि तामाङ, अग्रज केसी र दीपाशा बिसी फिचरिङ गरिएको छ।

निर्देशक मिश्रका अनुसार यो आइटम डान्स ड्रिम सिक्वेन्स हो। सुकुम्बासी वस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ। यथार्थपरक विषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य भूमिकामा छन् भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विवशेष भूमिकामा छन्।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको लक्ष्मी गौतम र नानीराम फुयाँलले निर्माण गरेका हुन्। फिल्ममा केशब मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रविन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

प्रतिक्रिया दिनुहोस्