विद्युत् विस्तार तीव्र



रसुवा, (नेस)

धार्मिकस्थल गोसाइँकुण्ड र पर्यटकीय क्षेत्र लाङटाङमा विद्युत् विस्तार तीव्र पारिएको छ।

८ हजार ५ सय घर रहेको लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा ढिलै भए पनि लाइन लैजान लागेको हो। २०४० सालबाट नुवाकोटको त्रिशूलीदेखि रसुवामा विद्युत् विस्तार गरिएको थियो।

रसुवाले विद्युत् भित्र्याएको ३६ वर्षपछि उक्त क्षेत्रमा विद्युत् पुग्न लागेको नेपाल विद्युत् प्राधिकरण धुन्चे शाखाका प्रमुख कृष्णहरि दाहालले जानकारी दिनुभयो।

प्रमुख दाहालका अनुसार विशेष गरी लाङटाङ र गोसाइँकुण्डलाई केन्द्रित गरी धमाधम विद्युत् विस्तार हुँदै छ। लाङटाङमा लाइन विस्तार भइसकेको छ र लामा होटलदेखि लाङटाङ क्षेत्रका लागि बृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् थप ६ किलोमिटरको दूरी लाइन तान्ने काम भइरहेको छ।

गोसाइँकुण्डका लागि धार्मिक मार्गको चन्दनबारीसम्म विद्युत् विस्तार भइसकेको छ। लाङटाङपछि चन्दनबारी हुँदै गोसाइँकुण्डसम्म विद्युत् प्रवाह गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्