कर्णालीद्वारा निर्णय सार्वजनिक



दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशले मन्त्रिपरिषद्द्वारा गरिएका निर्णयहरू सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा १० वटा निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो।

कर्णालीमा ब्यवसायिकरुपमा कृषि ब्यवसाय संचालन गर्न व्यावसायिक कृषि तथा पशुपक्षी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि–२०७६ वैठकले स्वीकृत गरेको छ।

अत्यावश्यक सेवा र शहरी सौन्दैर्यका संरचना निर्माणका लागि दमकल, पानिट्याङ्कर, डिपबोरिङ् र ट्राफिक लाइट व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकालाई सहयोग उपलब्ध गराउने, प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिने योजना तथा कार्यक्रमहरूको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो।

त्यस्तै कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक–२०७६ र कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ को मस्यौदा स्वीकृति गर्ने, कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति (गठन) आदेश–२०७५ को (प्रथम संशोधन) गर्ने निर्णय गरिएको छ।

त्यस्तै बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्ने बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने वैठकले निर्णय गरेको छ।

वैठकले कर्णाली प्रदेश प्रसारण नियमावली–२०७६ लाई स्वीकृत प्रदान गर्दै च्याम्पियन्स बुक अफ वल्ड रेकर्ड कायम गर्ने महावै गाउँपालिका वडा नं ५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार रकम रु. २ लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्