काष्ठमण्डपको जितमा रिवाजको ८ गोल



काठमाडौं, (नेस)

काष्ठमण्डप १०औं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गरेर अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। टोलीका लागि रिवाज गुरुङ एक्लैले ८ गोल गरेका थिए। दुई गोल प्रभात लिम्बूले थपे। युनाइटेडका प्रनन थिङले सान्त्वना गोल फर्काए।

लोयल्टी एकेडेमीद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र टीआईए पनि अन्तिम आठमा पुगे। एलएले विद्या संस्कारलाई ५–० गोलले हरायो।

टोलीको जितमा दिवस घर्ती मगर र आयुष ऐरले समान २ तथा प्रनन तुलाधरले १ गोल गरे। त्यस्तै, टीआईएले आयोजक लोयल्टी ‘ए’ लाई ४–१ गोलले पाखा लगायो। टीआईएका किजय भण्डारीले २ तथा सक्षम डंगोल र प्रभात गोदारले १–१ गोल गरे।

प्रतिक्रिया दिनुहोस्