ग्लोबल आइएमई बैंकद्वारा बीमा रकम प्रदान



काठमाडौं, (नेस)

ग्लोबल आइएमई बैंकले बैंकको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख रुपियाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ।

ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्वर्गीय गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गर्नुभयो।बैंकले २७० शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटीएम तथा २४९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्पmत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्