स्पार्क होमबाट सिकौं

वार्षिकोत्सव क्यान्सरपीडित पत्रकार कमल पौडेलमा समर्पित



भगवती तिमल्सिना

जीवनमा कसलाई के हुन्छ अनुमान गर्नै सकिन्न। यस्तै कल्पना नै नगरेको स्वास्थ्य समस्याले एक पत्रकारलाई अस्पताल पु¥याएको र उपचार अत्यन्तै महँगो भएको खबर सुन्नासाथै संस्थाको वाािर्षकोत्सव नै स्थगित गर्ने र वार्षिकोत्सवमा गर्ने खर्च उनै पत्रकारको उपचारका लागि दिने महान निर्णय लिनुले मानव जीवनप्रतिको संवेदनशीलता र महत्व यहाँनेर उजागर पारिएको छ।

यति ठूलो मानवीय कार्यमा समर्पित हुने स्पार्क हेल्थ होम अस्पताल परिवारको फराकिलो मनलाई पीडित परिवार मात्र हैन उपस्थित सबैले हृयददेखि नै स्वागत गर्नुपर्छ। स्पार्कले अस्पतालको २८औं वार्षिकोत्सव ब्लड क्यान्सरबाट प्रभावित क्रियाशील पत्रकार कमल पौडेलमा समर्पित भयो।

निजामती अस्पताल बानेश्वरमा ब्लड क्यान्सरको उपचार गराइरहनुभएका पौडेलको उपचारमा थप सहयोग मिलोस् भन्ने उद्देश्यले स्पार्कको वार्षिकोत्सवमा लाग्ने खर्चबापत्को एक लाख रूपियाँ पौडेलका छोरा अभिन्न पौडेललाई एक कार्यक्रमका बीच हस्तान्तरण गरियो। गत साता मंगलबारदेखि किमो दिएर उहाँको उपचार भइरहेको छ।

जनआस्था साप्ताहिकबाट पत्रकारिता शुरू गर्नुभएका पौडेल एक दशकअघिसम्म नेपाल समाचारपत्रमा आबद्ध हुनुहुन्थ्यो। पछिल्लो समय विराटनगरमा रहेको मकालु टेलिभिजनमा समाचार प्रमुखका साथै आमसञ्चार विषयमा अध्यापनरत हुनुहुन्छ।

स्पार्क अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिलकुमार पौडेल भन्नुहुन्छ– ‘ब्लड क्यान्सर भै बोनम्यारोसम्म बदलेर गरिने उपचारका लागि ३० लाखभन्दा बढी खर्च गर्नुपर्ने अस्पतालको आँकलनसहितको समाचार सार्वजनिक भएलगत्तै स्पार्क होमले हाम्रा सुभचिन्तकसमेत रहनुभएका नेपाल समाचारपत्रका पूर्वपत्रकार पौडेलाई एक लाख सहयोग हस्तान्तरण गर्ने निर्णय गरेका हौं।’

कार्यक्रममा स्पार्कका अध्यक्ष हरिशरण रिजालले भन्नुभयो– ‘मलाई विश्वास छ कमलजीले क्यान्सरलाई जित्न सक्नुहुनेछ।’
अभिन्नले सहयोग रकम ग्रहण गर्दै भन्नुभयो– ‘स्पार्क होमले दिएको सहयोगले मेरो बुबाको उपचारमा ठूलो मद्दत मिल्नेछ र म सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै धन्यवाद भन्न चाहन्छु।’

सोही अवसरमा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले स्पार्कले गरेको शुभकार्य एकजना पत्रकारका लागि आयोजित विशेष कार्यक्रमले एउटा पत्रकारको जीवन बचाउन गरेको सहयोगको हृदयदेखि प्रसंसा गर्नुभयो।

उहाँले नेपालका पत्रकारहरूको जीवनमा यस्ता समस्या कतिबेला आइपर्छ थाहै हुन्न। नेपाली पत्रकारको आर्थिक अवस्था स्वस्र्फूत रूपमा उपचार खर्च निकाल्न सक्ने अवस्था छैन। यो मर्मलाई बुझेर २८ वर्षअघि प्राकृतिक चिकित्साको शुरू गरेको अस्पतालको जमर्को प्रसंसनीय छ। अस्पतालले गरेजस्तै पौडेलको स्वास्थ्य उपचारका लागि पनि सक्दो सहयोगका लागि जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही अवसरमा स्पार्क अस्पतालमा सहयोगीका रूपमा १२ वर्षदेखि काम गर्नुभएका काजी महर्जन ४ महिनादेखि क्यान्सरको उपचार गराइरहनुभएकाले उहाँलाई पहिलो चरणमा पनि सहयोग गरिसकेको र वार्षिकोत्सवको अवसरमा दोस्रो चरणमा स्पार्कलाई घर जग्गा उपलब्ध गराउने मनकारी दाता सरिता श्रेष्ठका तर्फबाट २५ हजार र स्पार्कका तर्फबाट २५ हजार गरी ५० हजार सहयोग उपलब्ध गराइएको थियो।

स्पार्कको वार्षिकोत्सवमा कुनै तामझाम भएन बिरामीकै लागि सहयोग गरियो र बिरामीकै लागि आवश्यक पर्ने रक्तदात तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो।

४२ जनाले रक्तदान गर्नुका साथै १ सय २ जनाको निःशुल्क उपचार गरेका स्पार्कका सञ्चालक रूपेश अधिकारीले जानकारी गराउनुभयो।
बिरामी पौडेललाई सहयोग गर्ने स्पार्क अस्पताल तथा शुभचिन्तकप्रति उहाँका दाजु डा. नेत्र पौडेलले नेपाल समाचारपत्रमार्फत् धन्यवाद ज्ञापन
गर्नुभएको छ।

पौडेलको उपचारका लागि आर्थिक संकलन गर्न नेपालमा आफन्तजन, शुभचिन्तक र पत्रकारहरू जुटेका छन् भने अमेरिकाको लुइभिल कन्टकीमा बसोबास गर्दै आएका समाचारपत्रका सहकर्मी किशोर सापकोटाको नेतृत्वमा गोफण्ड खाता खोलेर अमेरिकामा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको पहलमा फेब्रुअरी २२ सम्म ८ हजार अमेरिकी डलर उठिसकेको सापकोटाले जानकारी गराउनुभयो।

त्यसैगरी स्वीडेनमा फोटोपत्रकार सुन्दर श्रेष्ठको नेतृत्वमा १ हजार ३ सय अमेरिकी डलर, जापानमा ज्वाला संग्रौलाको नेतृत्वमा १ लाख ६८ हजार नेपाली रूपियाँ उठिसकेको छ।

संग्रौलाले यसअघि पनि धेरै नेपालीको उपचारमा सहयोग जुटाइदिनुभएको छ। सहयोग जुटाउने काम जारी छ। सहयोग गर्न चाहनेहरूका लागि बिरामीका दाजु डा. नेत्रप्रसाद पौडेलको एनआईसी एसिया बैंकमा रहेको ३९८७९७९१८८०५२४०१ खाता नम्बर उपलब्ध गराउनुभएको छ। हाल बिरामी बानेश्वरस्थित सिभिल अस्पतालको बेड नं. २३८ मा क्यान्सरसँग लडिरहनुभएको छ।

उहाँको पीडामा मलमपट्टी लगाउँदै छिटो निको बनाएर पुनः आम नागरिकको सूचना पाउने नैसर्गिक अधिकारको रक्षा कवज तयार गर्दै गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अस्पताल प्रशासनलगायत कमल पौडेललाई नजिकबाट नियालिरहेका विद्यार्थी, अभिभावक, सहकर्मीहरू मात्र नभई नामै नसुनेका तर समस्याको मर्म बुझेका देश, विदेशमा रहेर आ–आफ्नो कार्यक्षेत्रमा खटेका नेपालीहरूले पनि जीवन बचाउनका लागि आ–आफ्नो ठाउँबाट सहयोग जुटाइरहनुभएको छ।

पीडित पौडेल भन्नुहुन्छ– ‘मैले नसोचेको रोग लाग्यो, नेपाल समाचारपत्रका संस्थापक प्रधान सम्पादक पुष्कर सर पनि बित्नुभयो, उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो। आज मलाई यति ठूलो रोग लाग्यो उहाँ हुनुभएको भए मलाई आँट र सल्लाह दिनुहुन्थ्यो।’

सहयोगी दातालाई आभार प्रकट गर्दै धन्यवाद भन्न चाहन्छु

पौडेलकी श्रीमती अम्बिका पौडेल भन्नुहुन्छ– ‘कहिल्यै घरबाहिर खानुहुन्नथ्यो, अफिस जाँदा खाजा पानीसमेत घरबाटै बोकेर जानुहुन्थ्यो। स्वास्थ्यको बारेमा अत्यन्तै सचेत हुनुहुन्थ्यो तर उहाँलाई नै यस्तो समस्या भयो। बेलाबेलामा बिरामी भइरहनुहुन्थ्यो तर उपचारपछि निको हुन्थ्यो। पछिल्लो समय उहाँ निकै बिरामी हुनुभयो।

कमजोर हुँदै जानुभयो, खाना त के पानी खाँदा पनि बमिट हुन थाल्यो। त्यसपछि विराटनगरको अस्पतालमा परीक्षण गराउँदा उहाँलाई क्यान्सर भएको थाहा भयो। यो सुन्नासाथै हामी सबै छाँगाबाट खसेझंै भयौं। अस्पतालबाट फर्किंदा उहाँ एकदमै निराश देखिनुहुन्थ्यो लामो सुस्केरा हाल्दै खुईया गर्नुभयो। के भयो भनेर हामीले सोध्यांै मलाई निको नहुने रोग लाग्यो भन्नुभयो।

हामी धेरै आत्तियौं छोराले रिपोर्ट हेरेर बुबालाई क्यान्सर भएछ भने। त्यसपछि हामीमाथि ठूलो बज्रपात भयो। चारैतिर आफन्तसँग बुझ्यांै अस्पताल, उपचार खर्च चिकित्सकका बारेमा सबैले दिएका आइडिया लिएर निजामती अस्पताल बानेश्वरमा पुग्यौं र भर्ना गरियो। अहिले किमो चलाएको छ। मनकारी दाताहरूले हाम्रो दुःखमा साथ दिँदै सहयोग गरिरहनुभएको छ त्यसका लागि सबैमा आभार प्रकट गर्दै धन्यवाद भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्