हुवावेविरुद्ध चेतावनी



वासिंगटन, (एजेन्सी)

चीनको इलेक्ट्रोनिक्स कम्पनी हुवावेसँग सम्बन्ध राख्ने देशसँग अमेरिका गोप्य जानकारी साझा गर्न बन्द गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चेतावनी दिइएको जर्मनीका लागि अमेरिकी राजदूतले बताएका छन्।

विश्वका सबैभन्दा ठूला कम्पनीमध्येको एक हुवावेले ल्याएको नयाँ पुस्ताको ५ जी मोबाइल डाटा नेटवर्कमाथि प्रतिबन्ध लगाउनका वासिंगटनले आप्mना सहयोगीहरूमाथि दबाब दिइरहेको छ।

चिनियाँ कम्पनीको उक्त प्रविधि प्रयोग गर्नु सुरक्षाका लागि खतरा भएको अमेरिकाको दाबी रहेको छ। युरोपमा अमेरिकाका प्रमुख सहयोगी बेलायत र फ्रान्सले उनीहरू हुवावेको ५ जी नेटवर्कमाथि प्रतिबन्ध नलगाउने बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्