काठमाडौँमा जागीर लगाइदिने बहानामा महिलाको सामूहिक वलात्कार



न्युज अफ नेपाल,काठमाडौँ ।

जागीर लगाई दिने प्रलोभन देखाएर एक महिलामाथि सामूहिक बलात्कार भएको छ । सुनसरीको इटहरीकी एक ३४ वर्षीय महिला काठमाडौँमा बलात्कारमा परेकी हुन् । जागिरको प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरीगन्ज गाउँपालिका घरभइ हाल राजधानीको बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौला रहेका छन् ।उनीहरुले जागिरको प्रलोभन दिँदै महिला काठमाडौँ आएपछि पटकपटक बलात्कार गरेको पाईएको छ ।

महिलाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएपछि खटिएको टोलीले उनीहरुलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो ।उनीहरुमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त महाराजगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्