‘हामी चिनाउँछौं हाम्रो नमोबुद्ध’



मोतीराम तिमल्सिना,काभ्रे ।

‘हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौ हाम्रो नमोबुद्ध’ पर्यटन वर्षको अवसरमा तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होछार नमोबुद्धमा आयोजना गरिएको छ । ‘नमोबुद्धको प्रचार प्रसार तथा ब्यवस्थापनमा थप सहजता प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो’–नमोबुद्ध विकास मञ्चका संयोजक राकेश लामाले बताउनु भयो ।

‘मुख्य स्थल ओझेलमा प¥यो, पर्यटकिय तथा पुर्वाधार निर्माणमा ध्यान पुग्न सकेको छैन, जसका कारण नमोबुद्ध भनेर चिनिने स्थान पछि पर्न नदिन पर्यटन वर्षको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको हो’–संयोजक राकेश लामाले भन्नुभयो–‘पौराणिक ईतिहास अनुसार दस अवतार मध्ये एक मानिएको बौद्धावतारको वर्ण्रा बुद्धरश्मिबाट जानकारी भएको बुद्ध परम्परालाई र्हेर्नुपर्दछ ।

नमोबुद्धको प्राकृतिक पर्यटकीय भ्रमणबाट त्यसलाई पुष्टी गर्छ ।’ नमोबुद्ध क्षेत्रको शान्ति, अहिंसा र धार्मिक पर्यटनमा सुधार ल्याउन युवाहरुको जागरुकता आवश्यक छ । शुभकामना आदान प्रदान तथा बृहत्त सांस्कृतिक कार्यक्रममा सांसद गंगाबहादुर दोङ्ग ‘बमध्वज’ ले नमोबुद्ध क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्नु पर्ने बताउनु भयो । ‘पर्यटकहरुको आगमनलाई ब्यवस्थित बनाउँदै नमोबुद्ध क्षेत्रलाई अझै प्रचार प्रसार गर्न जरुरी छ’–सासंद दोङ्गले भन्नुभयो–‘संघ, प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक छ ।’

पुर्व राज्यमन्त्री सुर्यमान दोङ्गले मुलुकको विकासका लागि पर्यटन क्षेत्रको ब्यवस्थापन र प्रचार प्रसार आवश्यक रहेको बताउनु भयो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना तयार गरी कार्य गरिरहेको बताउनु भयो । सिँढी, सार्वजनिक शौचालय, अन्य पुर्वाधारहरुको पुर्ननिर्माण, गेट लगायतका अन्य पुर्वाधारहरु निर्माण गरी सरसफाईका लागि ब्यवस्थित योजना निर्माण गरिएको नगर प्रमुख शर्माले बताउनु भयो ।

नमोबुद्ध भगवान घ्याङ्ग गुठी ब्यवस्थापन समितिको भुकम्प पछि पुर्नर्निमाण गरिएको ६७ लाखको भवन सोहि अवसरमा हस्तान्तरण गरिएको थियो । ब्यवस्थापन समितिका अध्यक्ष ल्होसाङ बज्र लामाका अनुसार ब्यवस्थापन समितिले नमोबुद्ध क्षेत्रको विकास र प्रर्वद्धनका लागि कार्य गरिरहेको बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेताहरु राजन भुर्तेल, इन्द्र तामाङ, दैवलाल घिसिङ्ग, नगर उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय झाँकीका साथै गायक सञ्जीव वाईबा, शशिकला मोक्तान, विशाल थिङका साथै सुवास मोक्तान, सिर्जना तामाङ, गणेश केसी, मदन विष्ट सुदिपराज रेग्मी लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

नमोबुद्धको इतिहास

संख्यकल्प अघि जम्बू क्षेत्रमा महारथ र सत्यवती नामका राजारानी थिए । राजा महारथ पराक्रमी थिए । उनले पाँच हजारभन्दा बढी राज्यमा आधिपत्य जमाएका थिए । तिनका तीनवटा छोरा मध्ये कान्छा महासत्व मैत्री, करुणा र परोपकारका निमित्त विख्यात थिए ।

एकदिन राजारानी र तीनवटै छोरा वनविहारमा गए । रुचि अनुसारका जंगलमा घुम्न थाले । यस क्रममा कान्छा राजकुमार महासत्व ८८ हजार ऋषिले तपस्या गरेको चारकोस लम्बाइ र र्दुइ कोस चौडाइको गन्धमादन पर्वतको वनमा पुगे ।

ऋषिका आश्रमसमेत भएको त्यो वन क्षेत्रलाई योगाकूल, हिरण्यगिरि र द्वादश वन भनिन्थ्यो । जंगल बिहारको क्रममा कान्छा राजकुमार महासत्वले अत्यन्त दुब्ली पातली बघिनी र त्यसका पाँचवटा डमरू देखे । भोक र तिर्खाले ग्रसित बघिनी डमरूलाई खान तयार भएको पाए ।

राजकुमारको मनमा दया पलायो । बघिनीलाई केही खाने कुरा दिएर उद्धार गर्न खोजे । त्यसै वनमा घुम्दै गरेका आफ्ना र्दुइ दाजुहरूलाई सोधे । बघिनीले के खान्छे दाजुहरूले बताए । बघिनीको आहारा तातो रगत र आलो मासु हो । फेरि कान्छा राजकुमारले सोधे कसैको प्राण बचाउन कसैको हानी नपु¥याउने उपाय छैन दाजुले जवाफ दिए कठिन छ ।

महोसत्वले सोचे जिन्दगी बेकारमा गइरहेको छ, दुनियाँमा कुनै बेला रागको निम्ति, कुनै बेला द्वेषका निम्ति र कुनै बेला मोहका निम्ति पनि शरीर त्यागिन्छ तर धर्मका निम्ति शरीर त्यागिएको छैन । र, यस तर्फ मानिसको प्रवृत्ति पनि देखिन्न । दाजुहरू याता उति लागेको बेला महासत्वले बघिनी र डमरूलाई आफ्ने रगत र मासु दिएर भोक शान्त गराउने विचार गरे ।

बघिनीको आहाराका लागि लुगा फुकालेर बसे । तर बघिनी ज्यादै कमजोर भएकीले राजकुमार बसेको ठाउँसम्म आउन पनि सकिन । यो अवस्था देखेर राजकुमार बघिनीको नजीक गए । आफ्नो औंला काटेर रगत चुसाए । रगत खाए पछि अलिकति शक्ति प्राप्त गरेकी बघिनीले राजकुमारको मासु खाई र डमरूलाई बचाउन सकी । राजकुमारको हड्डीमात्र बाँकी रह्यो ।

राजकुमारको त्यो अद्भूत दान देखेर इन्द्रासन डग्मगायो, पृथ्वी काप्यो, पुष्पवृष्टि भयो, दुन्दुभि बजे, अप्सरा नाचे । त्यसै बेला देवता आएर मरेका राजकुमारको पुर्नजन्ममा सम्यक सम्बुद्ध प्राप्त हुने र भवचक्रको दुःख सागरबाट मुक्त भई उद्धार हुने बताए ।

उता दाजुहरू भाइ खोज्दै आए । उनीहरूले हड्डीमात्र देखे । त्यसैबेला दरबार फर्किसकेकी रानी सत्यवतीले विभिन्न दुस्वप्न देखिन् । रानीले स्वप्नामा आफ्ना र्दुइ स्तन भुईमा खसेका, आफ्ना तल्लो बंगारा झरेका, शरीरभर सियोले घोचेको पीडा भएको, राजदरबारको कौसीमा भएका तीनवटा परेवामध्ये एउटालाई चीलले च्यापेर लगेको सपना देखेको राजालाई सुनाइन् ।

उनले कान्छो छोरालाई केही अनिष्ट भएको शंका गरिन् । त्यसै बेला जेठो र माहिलो छोराबाट कान्छो छोरालाई बघिनीले खाएको वृत्तान्त सुनिन् । यो खबरले राजारानी दुवै र्मू्र्छित भए । राजारानीसहित दुवै छोरा भाइको हड्डी र्हेन भनी घटना भएको ठाउँमा गए ।

महासत्वको कंकाल शरीरमात्र देखेर शोकमग्न भए । होस् फर्किएपछि राजाले छोराको कंकाल शरीरलाई श्रीखण्डजडित बाकसमा हालेर गाडे । त्यसमाथि चैत्य बनाएर पूजा गरे । पूजा गर्दागर्दै कान्छा राजकुमार सम्यक् सम्बुद्ध भएको आकाशवाणी भयो । चैत्यमा बुद्धरश्मि प्रकट भई राजारानीलाई मृत छोरा नै भगवान् बुद्ध हुने बताए । हामीले लोकमा बुद्ध भनेर मान्दै आएका शुद्धोधनका छोरा उनै महासत्व हुन् भन्ने बुद्धरश्मिबाट प्रमाणित भएको जनश्रुति छ ।

प्रतिक्रिया दिनुहोस्