त्रिभूवन आर्मी क्वल फाईनल प्रवेश



घनश्याम बगाले ,नवलपरासी ।

पूर्वी नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा त्रिभूवन आर्मी क्लव फाईनल प्रवेश गरेको छ ।प्रतियोगिताको सोमबार सम्पन्न खेलमा हिमालयन सेर्पालाई एक पाचले पराजित गर्दै आर्मीले फाईनल यात्रा तय गरेको हो।

ख्ोल सुरुवातको १९ मिनेटमा आर्मी क्लवका ९ नम्वर जर्सीधारी राजु गुरुड.गले पहिलो, ३० औ मिनेटमा आर्मीकै १४ नम्वर जर्सीवाल सन्तोष गुरड.गले दोश्रो र ३८ औं मिनेटमा ३८ नम्वर जर्सीधारी सुदिल राईले तेश्रो गोल गरेका थिए ।

त्यसै गरी खेलको दोश्रो हापको ७ औं र १०औं मिनटमा आर्मीकै सुदिलले लगातार गोल गरी हयाट्रिकको रेकर्ड समेत बनाउन सफल भए ।
दोश्रो हापको ३५ औं मिनटमा हिमालयन सेर्पा टिमका १९ नम्वर जर्सीवाल खेलाडी विजय श्रेष्ठले आफ्नो टिमलाई सान्त्वना गोल दिलाए ।

मंगलबार नेपाल पुलिस क्लव र च्यासल युथ क्लव वीच दोश्रो सेमिफाईनल खेल हुने आयोजक समितिले जनाएको छ ।क्वाटर फाईनलमा विजयी युथ हेटौडालाई पछाडी पार्दै सेमिफाईनल पुगेको पुलिस क्लव र गोलामा बाई परेको च्यासल युथ वीच हुने खेल रोमान्चकारी हुने स्थानीय दर्शकले अपेक्षा गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्