प्रेमीकाको खोजीमा अमेरिकाका ४७ वर्षिय धनाढ्य, सहयोग गर्नेलाई ३० लाख नगद पुरस्कार



ऐजेन्सी । अमेरिकाका एक ४७ वर्षिय धनाढ्य व्यवसायी गर्लफ्रेण्डको खोजीमा लागि परेका छन् ।

कान्सासका जेफ गेबहार्ट नाम गरेका धनाढ्यले उनका लागि गर्लफ्रेण्ड खोजिदिने व्यक्तिका लागि समेत २५ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका छन् । परम्परागत डेटिङबाट थाकिसकेका उनले अनलाइन डेटिङमा रुचि नरहेको बताएका छन् । उनका हरेक राम्रा तथा नराम्रा पक्षहरू स्वीकार गरी प्रेम गर्ने प्रेमीकाको खजीमा रहेका जेफले एउटा छुट्टै डेटिङ वेबसाइट समेत सुरु गरेका छन् ।

उक्त वेबसाइटमा उनले गर्लफ्रेण्डको खोजीदिनेका लागि नगद पुरस्कार दिने बताएका छन् । उनका अनुसार आफू निकै सपोर्टिभ हुनुका साथै दयालु र हँसीमजाक गरिरहनुपर्ने स्वभावको भएकाले प्रेमीका पनि आफूजस्तै हुनुपर्ने छ । आत्मविश्वासी तथा मस्ती मजाक गर्ने खालको प्रेमीका हुनुपर्ने जेफका शर्त छ ।

जेफको अनलाइन वेबसाइटमा गएर प्रेमिकाको लागि आवेदन भर्न भने सजिलो छैन । यसका लागि एउटा अनलाइन सर्भे नै पूरा गर्नुपर्ने छ । उनको अनलाइन वेबसाइट सर्भेक्षणको डिजाइन एक क्लिनिकल मनोवैज्ञानिकले गरेका हुनाले आवेदक केटीहरूको जवाफहरू हेरेपछि मिल्दो जोडी बन्न सक्छन वा सक्दैनन भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ ।

इच्छुक केटहिरुले जेफको https://datejeffg.com/ मा आवेदन फर्म भर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्