यस कारण बल्छ जुकिरीको पुच्छरमा बत्ती



जुनकिरी एउटा यस्तो अचम्मको किरा हो जसको आफ्नै शरीरमा बत्ती बल्ने गर्दछ । शरीरमा बल्ने बत्तीकै कारण स-साना बलबालिकाको बिचमा यो निकै लोकप्रिय रहेकाे छ । बेलुकाको समयमा पुच्छरतिरको भाग बत्ती जस्तै चम्किने भएको जुनकिरीको पनि आफ्नै प्रकारको रहस्य रहेको छ । आफ्नै छुट्टै प्रकारको विषेशता भएको यो अनौठो किरालाई लिएर संसारभरका वैज्ञानिक समेत चकित परेका छन् । यसका साथै वैज्ञानिकहरुले यस रहस्यको खोजी समेत गरिरहेका छन् ।

अनुसन्धानको क्रममा जुनकिरीको शरीरमा बल्ने बत्ती पनि हाम्रो घरमा हुने अन्य बत्तीहरु जस्तै रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार फरक यति मात्रै छ कि अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको जीउमा रहेका बत्ती तापबिना नै बल्ने गर्छ ।

यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई ‘ल्यूमिनेसेन्स’ भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफेरिन्’ नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न हुने गर्दछ । तर, प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसिफेरेज्’ नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने प्रक्रियामा संलग्न नहुने वैज्ञानिक बताउछन् । जुनकिरीको शरीरमा हुने लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।

अहिले वैज्ञानिकहरुले यस्तै प्रकारको प्रकाशको खोजीमा जुटेका छन् । तर, प्रकाश उत्पन्न गराउन चाहिने रसायन जुनकिरी बाहेक अरुले उत्पादन गर्न मिल्दैन । अझुम्म पनि उक्त रसायनहरु कसरी बन्छन् भन्ने कुरामा नै वैज्ञानिकहरु अल्झिरहेका छन् । यो अहिले पनि प्रकिृतिको एउटा नसुल्झिएको रहस्यको रुपमा रहेको छ ।

जुनकिरीले यस्तो प्रकाश किन उत्पन्न गर्छ भन्ने प्रश्न मनमा उठ्न सक्छ । यस बारेमा भने वैज्ञानिकहरुले आ-आफ्ना धारणहरु राखेका छन् । कसैले उनीहरु आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न हुने गर्छ भनेका छन् भने कसैले राती सिकार गर्ने चराहरुलाई तर्साउन त्यसो गर्ने गरेको कुरा अघि सारेका छन् । यस्तै, कसैले त यो केवल रसायनिक प्रक्रिया मात्र हो भन्ने धारणा राखेका छन् ।

विभिन्न अनुसन्धान पश्चात पनि जुनकिरीले किन बत्ती बाल्छ भन्ने कुराको ठोस कारण भने पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्