रिस र तनावले बनाउँछ राेगी



मानिस भएपछि रिस, शोक, डर, चिन्ता र तनाव हुने कुरा सामान्य हुन् र यी कुरा हरेक मानिसमा हुने गर्दछ । यी सबै प्रकृतिले नै दिएकाे मानिसमा हुने कुराहरु हुन् ।

हामी मानिस हौँ र हामीलाई रिस उठ्ने, डर चिन्ता लाग्ने , तानाव हुने कुराहरु स्वभाभिक हो । तर यि कुराले हाम्रो शरिरमा भएका कुनै न कुनै भागलाई असर गरिरहेको हुन्छ ।

जस्तो कि, रिसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोकले गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा हाम्रो आमाशय कमजोर हुने गदर्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गर्ने मानिसको पाचनप्रणालीले राम्रोसँग काम गर्न सक्दैन ।

यी कुराहरु जो कोही मानिसमा हुन्छ तर धेरै रिस, डर, चिन्ता र तनाव लिने मानिसहरुमा विभिन्न प्राकारका शारिरिक रोगहरु उत्पन्न गर्ने गर्दछ । यस्ता कुराहरुलाई हामीले हाम्रो आत्मनियन्त्रणका विधिहरुबाट भने कम गर्न सक्छाैँ ।

प्रतिक्रिया दिनुहोस्