जन्ती बसबाट छोकडा र मरिच बरामद



वीरगन्ज, (नेस) ।

पर्सा प्रहरीले जन्ती पुड्डयाएर फर्कंदै गरेको बसबाट छोकडा र मरिच बरामद गरेको छ।

सिर्सियाबाट वीरगन्ज जन्ती पुड्डयाएर गाउँतिर फर्कंदै गरेको ना७ख ८४२१ नम्बरको बसबाट ३ सय ५० किलो छोकडा र २ सय किलो मरिच बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा भारत निकासी हुन लागेको आशंकामा ७ बोरा छोकडा र ८ बोरा मरिच नियन्त्रणमा लिएको जनाएको छ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीबाट शुक्रबार बिहान साढे २ बजे अवैध रुपमा भारत निकासी गर्न लागिएको छोकडा र मरिच बरामद भएको इप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताउनुभयो।

‘जन्ती पुड्डयाएर फर्केको बसमा मरिच र छोकडा राखेर भारत लैजान लागिएको छ भन्ने गोप्य सूचना हामीले पाएका थियौं, चेकजाँच गर्दा सामान भेटियो’, उहाँले भन्नुभयो- ‘कागजपत्र माग्दा दिन सकेनन्, त्यसैले समान बरामद गरेर कारबाही प्रक्रिया अघि बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्