संखुवासभा साक्षर घोषणा



संखुवासभा, (नेस) ।

संखुवासभालाई ५३औं साक्षर जिल्लाका रुपमा घोषणा गरिएको छ। विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले साक्षर घोषणा गर्नुभएको हो।

संखुवासभाको खाँदबारीमा आयोजित एक कार्यक्रममा उहाँले आगामी २ वर्षभित्र देशलाई नै साक्षर राष्टझ घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कुनै पनि बालबालिका शिक्षाको उज्ज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्दै बालबालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायिक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निर्माण गर्न लाग्नुपर्ने बताउँदै मन्त्री पोखे्रलले हाल देशभरि गरेर ३९ हजार शिक्षक अपुग रहेको स्वीकार गर्नुभयो।

संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेका जिल्ला शिक्षा समन्वय समिति संखुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्