विदेश पठाउने नाममा ठगी



काठमाडौं (नेस) ।

वैदेशिक रोजगारका लागि टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरध्र रतुवामाई नगरपालिका-६ बुधबारे घर भई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई टेकुबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा टर्की र ग्रिसको वर्किध्र भिषामा आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारेर विभिन्न मितिमा ३२ जनासँग नगद ३९ लाख ५६ हजार रुपियाँ लिई सम्पर्कविहीन भई फरार भएको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्