फोरमको स्वागतसँगै संशोधन गर्न माग



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रियसभामा दर्ता भई मूल विधेयकका केही बुँदा संशोधनपछि गत माघ २३ गते राष्ट्रियसभाले मिडिया काउन्सिलको विधेयक सर्वसम्मत रुपमा पारित गरेकोमा फ्रिडम फोरमले स्वागत गरेको छ।

राष्ट्रियसभा पारित विधेयकमा मूल विधेयकको गम्भीर सजाय र जरिवानाको प्राबधान हटाइ सो काम अदालतलाई छाड्दै विधेयक पारित गरेको हो।

पत्रकारले लाइसन्स लिनुपर्ने गरी प्रवेश गरेको संशोधनको विषयलाई सभाले हटाइ पारित गरेको हो। हाल राष्ट्रियसभाको सन्देशसहित प्रतिनिधिसभामा पुगेको यो विधेयकमा भएका सकारात्मक संशोधन स्वागत योग्य रहेको फ्रिडम फोरमले जनाएको छ।

यस विधेयकमा केही संशोधन गर्नेपर्ने विषय अझै रहेकोले संसद् सदस्य, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालाको फोरमले ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्