अश्लिल भिडियो बनाउने तीन पक्राउ



भक्तपुर, (नेस)

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका-६ घर भई हाल ललितपुर लुभु बस्ने अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने शान्तिराम दनुवार र राजिव थनेत दनुवार रहेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्