जयाको ड्रिम वाक



गत शुक्रबारबाट शुरू भएको कलाकार जया शर्माका तीन दिने एकल चित्रकला प्रदर्शनी आइतबार सम्पन्न भएको छ।

प्रदर्शनीमा जयाले आफ्नो जीवन, जीवनमा आएका उत्तारचढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत् उतारेकी थिइन्। ड्रिम वाक २०३३ नाम दिइएको प्रदर्शनीमा जयाले आफ्नो जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण चरणलाई सुन्दर चित्रमार्फत दर्शाएकी थिइन्।

बिम्वात्मक शैलीको चित्रबाट प्रदर्शनी शुरू गरिएको थियो भने अन्त्य पनि बिम्वात्मक शैलीमै गरिएको हो। बाल्यावस्थादेखि नै कला विद्यामा आकर्षित जयाले चित्रकलामा आफ्नो परिचय स्थापित गरेकी छिन्।

कुनै बेला मोडलिङ र पत्रकारितामा समेत सक्रिय जयाले आफ्नो सबैभन्दा रुचिको क्षेत्र चित्रकलालाई अगाडि बढाउने थुप्रै कठिन परिस्थतिको सामना गर्नुपरेको बताइन्। खराब स्वास्थ्य अवस्थासँग जुध्दाजुध्दै पुर्नजन्म पाएकी जया चित्रकलालाई नै आफ्नो भविष्य ठानेर नेपाल ललितकला क्याम्पसमा भर्ना भएकी थिइन्। ११ वर्षअघि उनको डिजिटल पेन्टिङको प्रदर्शनी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्