सिद्धार्थ बनस्थलीको जित



काठमाडौं, (नेस)

सिद्धार्थ बनस्थलीले १०औं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ। एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको उद्घाटन खेलमा सिद्धार्थ बनस्थलीले अनमोल क्षत्रीको निर्णायक गोलमा नेक्ससलाई १–० गोलले पराजित ग¥यो।

नकआउट आधारको प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १२ टिम सहभागी छन्। सहभागी टिमहरूमा लोयल्टी ‘ए’ र ‘बी’, सिद्धार्थ बनस्थली, नेक्सस, टीआईए, हिमालयन, काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन तथा शिशु मिलन रहेका छन्।

सोमबार काष्ठमण्डप र युनाइटेड, विद्या संस्कार र डिफेन्डिङ च्याम्पियन ‘एलए’ तथा टीआईए र लोयल्टी ‘ए’ बीच खेल हुनेछ। फाइनल खेल फागुन १६ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्