प्रेमकृष्ण ताम्रकार स्मृति ब्याडमिन्टन हुँदै



काठमाडौं, (नेस) ।

ताम्रकार समाजका संस्थापक अध्यक्ष स्व. प्रेमकृष्ण ताम्रकारको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आगामी चैत्र ८ गतेदेखि १५ गतेसम्म प्रथम प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने निधो गरेको हो।

प्रतियोगितामा ललितपुरका प्रत्येक जातीय समाजबाट अधिकतम टिमले भाग लिन पाउनेछन्। उक्त प्रतियोगितामा पुरुष डबल खुलामा सयभन्दा बढी टिमको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।

साथै, ४५ वर्षभन्दा माथि उमेरका समूहमा भेट्रान प्रतियोगिता पनि गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई आकर्षक नगद पुरस्कारका साथ शिल्ड तथा मेडलको समेत व्यवस्था गरिएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू ताम्रकार समाज भवन, जावलाखेलमा हुने तथा प्रतियोगिता निष्पक्ष रूपमा सञ्चालन गर्नका लागि एक प्राविधिक टोलीको समेत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्