दिदीबहिनी कपमा एपीएफ विजेता



नेपाल समाचारपत्र, पर्वत ।

सशस्त्र प्रहरी बलको एपिएफ महिला भलिबल क्लबले चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा हरायो।

एपीएफले पुलिसलाई १५–२५, २५–१८, २५–२१ र २५–१२ ले पराजित गर्र्दै २ लाख रुपियाँ पुरस्कार प्राप्त ग¥यो। उपाधि विजेता टिमका लागि जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले सौजन्य गरेका छन्। उपविजेता टिम पुलिसले नगद १ लाख प्राप्त गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा होङग्वान्जी न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनायो।

न्यु डायमन्डले आर्मीलाई २५–२३, २५–२१, २५–२२ को सोझो सेटमा पन्छाएर ५० हजार रुपियाँ सुरक्षित पारेको थियो। प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार नगदको हकदार भइन्।

विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी कोपिला राना, सेटरमा पुलिसकै कमला पुन, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, सर्भरमा न्यु डायमन्डकी पनामिका राई र प्रशिक्षकमा एपीएफका महेशप्रसाद चौधरी उत्कृष्ट घोषित भए।

उत्कृष्टल ६ जनाले समान ५ हजार रुपियाँ प्राप्त गरे। प्रतियोगिताको विजेतालाई जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्ल र आयोजक रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईंलगायतले पुरस्कृत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्