सन्राइज बैंकद्वारा एसएमई कर्जा सञ्चालन



सन्राइज बैंकले नयाँ कर्जा योजना सन्राइज सरल एसएमई कर्जा सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

यस व्यवस्थाअन्र्तगत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन्। यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिले निःशुल्क क्रेडिट कार्डको सुविधासमेतको लाभ उठाउन सक्नेछन्।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यावसायिक दक्षता अभिवृद्धिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्