एनएमबि बैंकमा बीमासहितको खाता



एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खातावाललाई १८ लाखसम्मको कुल बीमा सुविधा प्रदान हुन्छ।

दुई नयाँ योजनामध्ये ‘एनएमबि प्रिमियम तलब खाता’ मा ग्राहकलाई १० लाखसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगको लागि ५ लाखसम्मको बीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलब खाता’मा ग्राहकले १० लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगको लागि ७ लाखसम्म बीमा र १ लाख रुपियाँसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुन सक्ने छन्। उल्लेखित खाता शून्य मौज्दातमै खोल्न सकिने छ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को शुरुवात गरिएको हो। ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्