उद्योग वाणिज्य महासंघको साधारण सभा चैत अन्तिममा



नेपाल समाचारपत्र, काठमाडौं ।

उद्योग वाणिज्य महासंघको ५४औं साधरण चैत २८ र २९ गते हुने भएको छ। महासंघको कार्यसमिति बैठकले साधारण सभाको मिति तोकेको हो। महासंघको ५४औं साधरणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुने भएको छ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ। योसँगै महासंघको निर्वाचनमा दुईपक्षीय भिडन्त हुने पनि निश्चित भएको छ। महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी घोषणासमेत गरिसक्नुभएको छ।

यसैगरी महासंघको कार्यसमिति बैठकले निर्वाचन कमिटी तय गरेको छ। महासंघले उपेन्द्रकेशरी न्यौपानेलाई प्रमुख निर्वाचन अधिकृत तोकेको जानकारीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्