अभियुक्तलाई सघाउने न्यायाधीश कारबाहीमा



नैरोबी, (एजेन्सी) ।

प्रहरीले केन्याका एकजना न्यायाधीशलाई हत्याको मुद्दा खेपिरहेका एकजना प्रमुख अभियुक्तलाई सँजायबाट बच्ने उपायहरु सिकाएको अभियोगमा आइतबार गिरफ्तार गरेको छ। उनलाई एक विधवा महिलालाई अवैध तरिकाले सहयोग गर्न खोजेको आरोप लगाइएको छ।

ती महिलाको पतिको लाश सेफ्टी टैंकमा भेटिएको थियो। पुनरावेदन अदालतका न्यायाधीश सान्काले ओले कान्तइले हत्याको आशंका गरिएकी साराह वाइरिमुलाई सघाएको भनी अरोप लगाइँदा कुनै प्रतिवाद नगरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

गत सेप्टेम्बरमा उनका डच पति टोव कोहेनको शव उनी बेपत्ता भएको दुई महिनापछि सेफ्टी टैंकभित्र बाँधिएको र आँखामा पट्टि लगाइएको अवस्थामा फेला परेको थियो। कोहेन एक व्यापारी हुन्।

वाइरिमुले भने आफूले पतिको हत्या नगरेको अडान लिँदै आएकी छन्। न्यायाधीश कान्ताइलाई उनलाई आफ्नो पतिको हत्याबारे बयान दिन सघाएको आरोप लगाइएको हो। शुक्रबार पक्राउमा परेका कान्ताइ अहिले जमानतमा रिहा भएकी छन्।

उनलाई आगामी साता अदालतमा पेश गरिने भएको छ। केन्याली प्रेसले पछिल्लो समयमा यो हत्याकाण्ड केन्याको सबैभन्दा चर्चामा आएको अपराध भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्