१२० लडाकू मारिए



नियामे, (एजेन्सी)

नाइजेरिया र फ्रान्सका सेनाको एक संयुक्त अभियानमा दक्षिण पश्चिम नाइजरमा १ सय २० इस्लामिक लडाकू मारिए। कारबाहीका क्रममा सेनाले लडाकूहरूबाट बम बनाउने उपकरण र वाहन कब्जामा लिएको नाइजेरियाली रक्षा मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख गरेको छ।

फेब्रुअरी २० मा माली र बुर्किनो फासोको सीमानजिक टिलाबेरी इलाकामा गरिएको उक्त कारबाहीमा सेनातर्फ कोही पनि हताहत नभएको बताइएको छ। नाइजेरियामा इस्लामिक कट्टरपन्थी समूह बोको हरामबाट अपहरण, सशस्त्र आक्रमण तथा सामूहिक हत्याका घटनाहरू पटक–पटक हुने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्