कोरोना भाइरस महामारी, कोविड–१९ संक्रमण चरम स्थितिमा पुगेको छैन: राष्ट्रपति सी



बेइजिङ, (एजेन्सी) ।

चीनमा शुक्रबार कोरोना भाइरसका कारण १ सय ९ जनाको मृत्यु भएको छ, यसले उक्त प्रकोपबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ४५ पुगेको छ। उक्त भाइरसबाट संक्रमित संख्या ७६ हजार २ सय ८८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनद्वारा कोविड–१९ नाम दिइएको उक्त भाइरस विश्वको अन्य देशमा पनि फैलिरहेको छ। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित संख्या २ सय नाघेको छ भने इटालीमा पनि यस भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ।

यसबीच कोविड–१९ को उत्पत्ति र विस्तारको जाँचलाई लिएर विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूको एक टोली चीन पुगेको छ। उक्त टोली वुहान शहर जान सक्छ, जुन क्षेत्र उक्त भाइरसबाट सबैभन्दा धेरै प्रभावित हो। शुक्रबार मात्रै ३ सय ९७ नयाँ मामिला पुष्टि भइसकेका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले कोरोना भाइरस फैलिनबाट रोक्ने सम्भावना कम हुँदै गइरहेको चेतावनी दिएको छ। जेनेभामा एक पत्रकार सम्मेलनमा अवसर कम हुँदै गइरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग तीव्रताका साथ कदम उठाउन उनले आह्वान गरेको हो। यसमा लगानी गर्नुपर्ने पनि समावेश भएको उनले बताए।

राष्ट्रपति सीको चेतावनी

चीनका राष्ट्रपति सी जिनपिङले सत्तारुढ कम्युनिस्ट पार्टीका अधिकारीहरूलाई चेतावनी दिँदै भनेका छन्– ‘उक्त घातक विषाणु संक्रमण अझै उत्कर्षमा पुगेको छैन। शुक्रबार कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठकमा दैनिक आउने संक्रमणको घटनामा गिरावट आएको भए पनि कोरोना भाइरस महामारी चरम स्थितिमा नपुगेको बताए।’

हुबेइको स्थिति अहिले पनि गम्भीर भएको उनले बताए। सीको भनाइलाई साउथ चाइना मर्निङ पोस्टले उद्धृत गरेको छ, हुबेइ प्रान्त र वुहानलाई बचाउन युद्ध सही तरिकाले लड्नु पर्नेछ र संक्रमण फैलनबाट रोक्नका लागि कदम उठाउनुपर्छ।

चीनमा यो विषाणु चरममा पुग्ने अपेक्षा भइरहेको छ, किनभने यसको चरम अवस्थापछि संक्रमण कम हुन शुरु हुनेछ।

चीनको प्रतिष्ठित स्वास्थ्य विशेषज्ञ झांग नेनसानले महिनाको शुरुमै आगामी १०–१५ दिनमा भाइरस आफैं उच्च स्तरमा पुग्ने बताएका थिए। फेबु्रअरीको अन्त्यसम्ममा बिरामीको संख्या तीव्र गतिमा बृद्धि हुनेछ। स्वास्थ्य अधिकारीहरूका लागि चिन्ता त्यतिबेला बढेको हो, जुन बेला पाँच जेलमा भाइरस संक्रमणका ४ सय ४७ मामिला भेटिए। भाइरस हुबेइ हुँदै सानदोङ र झेझियाङ प्रान्तमा फैलिसकेको छ।

यसैबीच इटालीका स्वास्थ्य मन्त्रीले शुक्रबार कोरोना भाइरसबाट संक्रमित ७८ वर्षीय व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्। ती व्यक्ति करिब दश दि देखि उत्तरी वेनेटो क्षेत्रको एक अस्पतालमा भर्ना भइरहेको र उक्त भाइरसका कारण देशमा यो पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्री रोबर्टो स्पेरेन्जाले बताए।

कोरोना भाइरसको नयाँ मामिला अगाडि आएपछि उत्तरी लोम्बार्डी क्षेत्रमा दस शहरमा सार्वजनिक स्थान बन्द गरेको छ र खेल प्रतियोगिता र धार्मिकसभा रद्द गरिएको छ।

दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डाइगु र चिओंगडोमा विगत दुई दिनमा कोरोना भाइरसको संक्रमणको मामिलामा आकस्मिक बृद्धि भएपछि त्यसलाई विशेष निगरानी क्षेत्र घोषणा गरेको छ। चिओंगडोको एक अस्पतालमा कोविड १९ बाट संक्रमित एक व्यक्तिको निमोनियाबाट मृत्यु भएको थियो। देशमा कोरोनाभाइरसबाट संक्रमित संख्या १ सय ५६ पुगेको छ।

त्यसैगरी इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार देशमा कोरोना भाइरसको १३ नयाँ संक्रमण फेला परेको र तीमध्ये दुई संक्रमितको मृत्यु भइसकेको जनाएको छ। यसबाट देशमा कोरोना भाइरसबाट मर्नेको संख्या ४ पुगेको र संक्रमित संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ।

जेलमा पनि कोरोना

कोरोना भाइरसको चपेटामा अब जेल पनि आएको छ। जेलमा कोरोना भाइरस संक्रमणको ५ सयभन्दा धेरै घटना फेला परेपछि कयौं अधिकारीहरूलाई बर्खास्त गरिएको छ। हुबेइ प्रान्तले शुक्रबार त्यहाँको जेलमा कोविड–१९ भाइरस संक्रमणका २ सय ७१ मामिला फेला परेका छन्।

धेरैजसो मामिला हुबेइको राजधानी वुहानका महिला जेल भेटिएको विषयमा न्याय मन्त्रालयलाई जानकारी गराएको जेल प्रशासन निर्देशक ही पिङले सञ्चार माध्यमहरूलाई बताए।

कम्युनिस्ट पार्टीको स्थानीय अखबार हुबेइ डेलीका अनुसार बुहान महिला जेल वार्डनलाई भाइरसको प्रकोप राक्न विफल भएका कारण हटाइएको छ। पूर्वी सेडोंग प्रान्तका रेनचेङ जेलमा सात गार्ड र २ सय कैदीहरूमा भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको अधिकारीहरूले बताए।

सरकारले देशभरिका जेलमा निरीक्षण गर्न आदेश दिएको छ। जेलबाट आएको आंकडापछि हुबेइ प्रान्तका नोवेल कोरोना भाइरससँग सम्बन्धित एक एकाइले संक्रमित हुने ६ सय ३१ नयाँ बिरामी पुष्टि भएको र १ सय १५ जनाको मृत्यु भएको जनाएको छ।

यस सम्बन्धमा सेडोङका न्याय विभागका प्रमुख सी वेइजुन र सात अन्य अधिकारीलाई बर्खास्त गरिएको छ। यद्यपि कोरोना भाइरसका कारण जेलनमा कसैको पनि मृत्यु भएको समाचार नआएको एक अधिकारीले बताए।

स्वास्थ्य विशेषज्ञहरूले चीनको विभिन्न शहरको लक डाउन समाप्त भएपछि र स्कुल खुेलेपछि कोरोनाको संक्रमण अझ बढ्न सक्ने आशंका व्यक्त गरिरहेका छन्।

आगामी दुई तीन हप्ता यस भाइरसको प्रकोपलाई लिएर अत्यन्त महत्वपूर्ण हुने भएको उनले बताए।चीनमाथि मृतकको संख्या कम बताइरहेको आरोप लगाएको छ। विभिन्न विश्व संस्थाबाट उक्त आरोप लगाएपछि चीनले आँकडा संकलन गर्ने तरिकामा परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस्