दोश्रो बलेफी कप बलेफीले नै उचाल्यो



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सातादेखी जारी बलेफी कपको उपाधी प्रायोजक बलेफी गाउँपालिकाले नै उचालेको छ ।बलेफी गाउँपालिकाको सहयोग तथा जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबारको फाईनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै बलेफी बिजेता बन्यो ।

पहिलो हाफमा दुबै तर्फबाट एक एक गोल भएको थियो । दोश्रो हाफमा पछिको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछी बराबरीमा सकिएपछी पेनाल्टी मार्फत खेल सकिएको हो ।पेनाल्टीमा बलेफिका गोल रक्षक सुनिल लामाले दुई बल जोगाएपछी ४ १ को गोलअन्तरमा सुनकोशी पराजित बन्यो ।

बिजेता बलेफी गाउँपालिकालाई १ लाखको चेकसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो भने उपबिजेता सुनकोशी गाउँपालिकालाई ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दहालले उद्घाटन गर्नुभएको दोश्रो बलेफी गाउँपालिका कप जिल्ला लिग फूटबलको फाईनल खेल समापन गर्दै बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले खेलक्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनुभयो । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहले सभभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्