सुकुम्बासी वस्तीमा १६ लाखको शिवालय मन्दिर निर्माण



यमलाल भुसाल, बुटवल ।

मानिसमा ईच्छा भावना र मन हुने हो भने सामाजिक कामका लागि आर्थिकको समस्या हुदैन भन्ने कुराको प्रमाणित गरि दिएका छन रुपन्देहीको सुकुम्बासी वस्तीमा बसेका वासिन्दाहरुले ।

रुपन्देही जिल्लाको तिलोत्तम नगरपालिका वडा नम्वर ११ भुपु सैनिक स्थित ५ नम्वर टोलका सुकुम्वासीहरुले टोलमा १६ लाख लागतमा शिवालय मन्दिर बनाएर शिवरात्रीको दिन शुक्रवार उदघाटन समेत गरेका छन । उक्त टोलमा करिव ३ सय घर परिवार सुकुम्वासी रहेका छन ।

विसं २०६८ सालमा सानो खरको छानो राखेर वनाएको शिवालय मन्दिर अहिले पक्कि र सुन्दर बनाईएको छ ।
स्थानिय भिमसेन श्रेष्ठ (प्रेम)को सक्रियतामा शुरु गरिएको मन्दिर निर्माणका लागि शिव मन्दिर निर्माण समिति गठन गरि काम गरिएको समितिका अध्यक्ष तोला कान्त अधिकारीले बताउनु भयो ।

मन्दिर निर्माणका लागि भिमसेन श्रेष्ठले १ लाख २५ हजार, महेन्द्रध्वज विष्टले १ लाख १५५, जनक कोईरालले ५१ हजार १५१, तिलोत्तमा नगरपालिकाले ५० हजार, ओम वहादुर खाम्चा २१ हजार ५ सय सहयोग प्रदान गर्र्नु भएको छ ।

त्यसैगरी खोम वहादुर राना १५ हजार १५५, धन वहादुर मगर १० हजार १५५,तेज वहादुर कुवंर ५ हजार ५५५, गंगा मगर ५ हजार ५, कपिल कोईराला ५ हजार ५, नारायण प्रसाद कोईराला ५ हजार १ सय सहयोग गर्नु भएको छ । त्यस्तै सरिता लम्साल २२ हजार वरावरको मन्दिरको गजुर, कामधेनु शिवमन्दिरवाट शिव लिगं मन्दिरका लागि सहयोग प्राप्त भएको भिमसेन श्रेष्ठले बताउनु भयो । वाँकी स्थानिय जनताको जनश्रमदानवाट मन्दिर निर्माण सम्पन्न गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

२ कठृा जमिन समितिको नाममा रहेको र अव दैनिक रुपमा पुजा गरिने र शिवरात्री र श्रावणी मेलामा एक महिना नै विशेष गरि मनाउने पनि निर्णय गरिएको मन्दिर निर्माण समितिका संयोजक महेन्द्र ध्वज विष्टले बताउनु भयो ।

मन्दिरको एक समारोहका बीच कृष्ण बहादुर श्रेष्ठ र भिमसेन श्रेष्ठले शिवारात्रीको पुजा गरि मन्दिरको शुभारम्भ गर्नु भएको हो ।
मन्दिरको शुभारम्भ सगै हिन्दु धर्मालम्वीहरु विहानैदेखि मन्दिरमा पूजा गर्नका लागि लाईन लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्