हिमालयन शेर्पा गोल्डकपको फाइनलमा



न्युज अफ नेपाल,हेटौंडा ।

हिमालयन शेर्पा क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको फाइनल प्रवेश गरेको छ ।शुक्रबार भएको पहिलो सेमिफाइनलमा च्यासल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो । ७ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई १ गोलको अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा च्यासलका विदेशी खेलाडी कनिज अजेगोके भुजारीले गोल गर्दै खेल बराबरीमा पु¥याए । प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा हिमालयका सुरज हमालले दिएको पासमा पुनः श्रेष्ठले गोल थप गर्दै हिमालयनलाई २–१ को अन्तरमा विजयी गराएका हुन् । हिमालयनका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपियाँ प्राप्त गरेका छन् ।

दोस्रो सेमिफाइनल शनिबार संकटा युवा क्लब काठमाडौं र जावलाखेल युवा क्लबबीच हुने आयोजकले जनाएको छ । गोेल्डकप विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउनेछन् । उपविजेताले ३ लाख हात पार्नेछन् ।

सर्वाेत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद पाउनेछन् ।

प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा प्यारापिट र खुला स्थानमा बसेर एकसाथ ७ हजार दर्शकले खेल हेर्न सक्नेछन् ।

पहिलो बागमती गोल्डकपको उपाधि सिन्धुलीको हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकप उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो । गोल्डकपको फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्