म्याग्दी नदीमा जिप खस्दा एक घाइते



न्युज अफ नेपाल, बेनी ।

बेनीदेखि बगरफाँट जाँदै गरेको जिप म्याग्दी नदीमा खसेको छ । शुक्रबार दिउँसो ग १ ज ६७९८ नम्बरको टाटासुमो जिप मंगलाघाट पारीको भीरबाट नदीमा खसेको हो ।

दुर्घटनामा परी बागलुङको काठेखोला गाउपालिका ४ लेखानी घर भई हाल बेनी २ बगरफाँट बस्ने ३६ वर्षीय जिप चालक डम्मर श्रिस घाइते भएका छन् । घाइते मिश्रको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब पचास मिटर तल खसेको छ । दुर्घटना भएको थाह पाएपछि स्थानीय र प्रहरीको टोली उद्दार कार्यमा लागेको थियो ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकको डिलबाट उछट्टिएर झोलुङ्गे पुलको लठ्ठा चुडाँल्द नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्