कम्प्युटरमा प्रयोग हुने कट,कपी र पेस्ट का खोजकर्ता वैज्ञानिक ल्यारी टेस्लरको निधन



एजेन्सी ।

कम्प्युटरमा प्रयोग हुने कट, कपी र पेस्टका डेभलपर चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ । कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ।

कम्प्युटरमा कट, कपी र पेस्टको तरिकाबाट कम्प्युटर सम्बन्धी कामहरु सहज र छिटो हुने गर्छन् ।बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए।

टेस्लरको निधन लगत्तै अमेरिकी कम्पनी जेरक्सले ट्वीट मार्फत् टेस्लरले गरेको अनुसन्धान एक क्रान्तिकारी छलाङ रहेको भन्दै धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्