सेना दिवस मैत्रीपुर्ण भलिबल ट्रफी राष्ट्र सेवक कर्मचारीलाई



सरस्वती न्यौपाने, रसुवा ।

सेना दिवशको उपलक्षयमा भएको मैत्रीपुर्ण भलिबल ट्रफि राष्ट्र सेवक कर्मचारीले हात पारेको छ । नेपाली सेना कालिजंग गण रसुवाले आयोजना गरेको महाशिवरात्री तथा सेना दिवश २०७६ को उपलक्षयमा गणका कलाकारबाट छतिया नृत्य, तेक्वान्दो टिमबाट डेमोस्टे«सन, राष्ट्र सेवक कर्मचारी र जिल्ला खेलकुद विकास समिति रसुवा बीच भलिबल प्रतियोगिता भएको थियो ।

उक्त भलिबल प्रतियोगिता मा प्रथम तथा द्धितिय हुने लाई ट्रफि मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।नेपाली सेनाले दुई दशक अघि देखि महाशिवरात्री को दिन लाई सेना दिवश को रुपमा मनाउदै आएको छ ।

जङ्गी अड मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना बाहिनी गण गुल्म लगायत निकाय मा यो दिवश मनाउने कार्यक्रम अनुरुप रसुवामा पनि विविध कार्यक्रम सहित भलिबल ट्रफि को आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्